पोखरा १: डेंगु नियन्त्रण गर्न सचेतना र्याली
कास्की | असोज १०, २०७९
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयले डेंगु नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा १ को विभिन्न टोलमा र्याली आयोजना गर्दै शनिबार डेंगु रोगको नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरको हो ।
वडा कार्यालयबाट निकालिएको र्याली सिमपानी, हरिचोक, बागबजार, भिमकालीपाटन लगायतको टोलहरुमा परिक्रमा गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।
उनका अनुसार नागरिकलाई डेंगु रोगको बारेमा जानकारी दिदैं रोकथामका बारेमा नारा लगाइएको थियो । साथै डेंगु रोगको रोकथाम गर्न अपनाउनुपर्ने विषयमा प्लेकार्ड बोकेर र्याली निकालिएको थियो ।
‘पछिल्लो तथ्याङ्क अनुसार कास्कीमा पनि डेंगु संक्रमण बढेको पाइएको छ, वडा सदस्य गुरुङले भनिन्, ‘त्यसैले हाम्रो वडाबासीलाई यसबारे जानकारी र सचेत हुन आग्रह गर्दै र्याली आयोजना गरेका हौ ।’
उनले सो कार्यक्रमले नागरिकलाई सचेत बनाउन मद्दत पुगको विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत निरन्तरता दिइने जानकारी दिइन् । ‘हामीले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएका छौं । यसभन्दा पहिले लागुऔषधसम्बन्धि सचेता पनि गरिसेको छौं, उनले भनिन्, ‘अहिले डेंगु रोगबारे सचेतना जगाउदै छौं । यसबाहेक अन्य सामाजिक कार्यक्रमलाई पनि हामीले निरन्तरता दिनेछौं ।’
गुरुङका अनुसार उक्त र्यालीमा पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहरा प्रधान,जनप्रतिनिधहरु तथा विद्यार्थीहरुसहित १ सय बढि स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

